'स्क्रीन टाइम' ले बच्चाहरूको मस्तिष्कमा जे असर पार्छ भनिन्छ समस्या त्योभन्दा धेरै जटिल छ
एक दिन म घरको केही काम गर्दै थिएँ। मैले मेरो सानो बच्चालाई व्यस्त राख्न उसको बाबाको आईप्याड दिएँ।
तर केही समयपछि उसले कति बेरदेखि आईप्याड चलाइरहेको छ र त्यसमा के हेरिरहेको छ भन्ने ख्याल नगरेकाले मलाई असहज महसुस भयो। त्यसैले मैले उसलाई आईप्याड बन्द गर्ने समय भइसक्यो भनेँ।
त्यसपछि उसको आक्रोशयुक्त लडीबुडी सुरु भयो। उसले लात्ताले हान्यो, करायो, आईप्याड समातिराख्न चाह्यो र मलाई आक्रोशका साथ अर्कातिर धकेलिदियो। यो एक अभिभावकका लागि राम्रो पक्कै थिएन र उसको त्यस्तो चर्को प्रतिक्रियाले मलाई चिन्तामा पार्यो।
मेरा अलि बढेका बच्चाहरू सोसल मिडिया हेरिरहेका छन्, भर्चुअल रियालिटी र अनलाइन गेम खेलिरहेका छन्, त्यसले पनि मलाई कहिलेकाहीँ गम्भीर बनाउने गरेको छ। उनीहरूले कहिलेकाहीँ एक अर्कालाई गिज्याउँदै प्राविधिक उपकरणहरूमा समय नबिताएर बाहिर निस्केर "घाँस छुन" जाऊ भन्ने गरेको पनि सुनेकी छु।
'भाइरसहरू अल्जाइमर्सको जोखिमका कारक अनि उपचार पहिल्याउन सघाउने उपाय पनि'१९ जुलाई २०२५
एआईबाट धेरैभन्दा धेरै फाइदा कसरी लिने: आफैँलाई सोध्नुहोस् यी ४ प्रश्न५ जुलाई २०२५
आईप्याड बनेपछि एपलका तत्कालिन प्रमुख कार्यकारी स्टीभ जब्सले आफ्ना बच्चालाई त्यसमा पहुँच दिएनन्। बिल गेट्सले पनि उनका छोराछोरीलाई प्रविधिमाथिको पहुँचमा रोक लगाएको बताएका छन्।