जबज बोकेर ओली विकृतिविरुद्ध लड्ने भण्डारी–पोखरेलको उद्घोष
केपी ओलीले सञ्चालन गरेको पार्टी सत्ता र राज्यसत्तामाथि विद्यादेवि भण्डारीले प्रश्न उठाएकी छिन्। एमालेको सक्रिय राजनीतिमा फर्किन पूर्वउपाध्यक्ष भण्डारीलाई रोक्ने हरदम कोसिस भए पनि नरोकिने बताउँदै ओलीले चलाएको पार्टी सत्ता र सरकारमाथि नै प्रश्न उठाएकी हुन्।
राष्ट्रपतिबाट बाहिरिए लगत्तै भण्डारीले नवीकरण गरेको सदस्यतालाई खारेज गरेर ओलीले पार्टीको ढोका बन्द गरे पनि उनी पछि नहट्ने भएकी छिन्।
बिहीबार ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को सम्पर्क कार्यालय उद्घाट गर्दै भण्डारीले आफूलाई पार्टीको सदस्यताबाट वञ्चित गर्न खोजे पनि पार्टी काममा निरन्तर लागि रहने बताइन्। त्यो पनि पार्टीका तीन जना प्रभावशाली पदाधिकारीको उपस्थितिमा ।
भण्डारी पक्षले पार्टीमा समानान्तर गतिविधि गर्ने उद्देश्यका साथ खोलेको सम्पर्क कार्यालय उद्घटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसमेत सहभागी थिए।
भण्डारी सहभागी कुनै पनि कार्यक्रममा सहभागिता नजनाउन एमाले संस्थापन पक्षले नेता कार्यकर्तालाई निर्देशन दिइरहेको छ। तर त्यसका बाबजुद पनि पोखरेल, ज्ञवाली र पाण्डेले भण्डारीलाई खुलमखुला साथ दिए।
पूर्वराष्ट्रपति समेत भइसकेकी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)लाई हतियार बनाउँदै एमालेको सक्रिय राजनीतिमा हेलिने प्रतिबद्धता फेरि सार्वजनिक गरेकी हुन्।
‘यहाँहरुको मनमा प्रश्नहरु पनि हुन सक्छ। अब तपाईं के गर्नुहुन्छ? म निरन्तर काम गरिरहन्छु भन्ने कुरा पनि म यहाँहरुलाई सुनाउन चाहन्छु, भण्डारीले अगाडि भनिन्, ‘म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र म गरिरहन्छु।’
भण्डारीले एमाले बन्नुअघि नै आफूले पार्टीको सदस्यता लिएको जनाउँदै कसैले खोसेर नखोसिने जिकिर गरिन्। औपचारिक जिम्मेवारी नदिए पनि आफू निरन्तर लागि रहने र पार्टीमा ओलीका कारण मौलाएको विकृतिविरुद्ध लडिरहेने प्रतिबद्धता जनाइन्।
‘मलाई कुनै पार्टीले कुनै जिम्मेवारी दियोस् कि नदियोस्, मलाई त्यो कुरासँग मतलब छैन। म नेकपा एमालेको सदस्य हो, त्यो नाताले मैले जुन एउटा सिद्धान्त धारण गरेको छु र सिद्धान्त मैले बुझेको छु, त्यो अनुसार मैले काम गर्ने हो। मेरो तर्फबाट तपाईंहरुलाई पूर्ण रुपमा चाहिँ सहयोग रहन्छ। र यदि पार्टीहरुमा विकृति, विसंगति फैलिएको छ भने त्यो विकृति, विसंगतिको विरुद्धमा पनि म लडिरहन्छु।’
भण्डारीले ओलीको नेतृत्वमा पार्टी र सरकार जबजको मूल्य मान्यताअनुसार नचलेको बताइन्। उनले जबजको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नुपर्ने जिकिर गरिन्।
‘समिक्षा गर्ने बेला भइसकेको छ। सिद्धान्तको मर्म, भावना, मूल्य, मान्यता एकातिर छ, तर त्यो अनुसार हामीले काम गर्न सकिराखेको छ कि छैन? त्यो अनुसार हाम्रो नेताहरुले काम गर्नुभएको छ?, भण्डारीले भनिन्।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि ओलीले पार्टीमा निम्त्याएको गलत कार्यको सामना गर्ने बताए। भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने पक्षमा उभिएका पाखरेलले जबजको टोपी लगाउनेहरुबाटै विचारमाथि आक्रमण भएको भन्दै ओलीप्रति खनिए।
उनले भने, ‘कहिलेकाहीँ विचारकै टोपी लाउनेहरुले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्। यो चिज बुझ्नुपर्ने आवश्यकता छ। त्यसकारणले टोपी लाएर प्रश्न बोल्नेहरु मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नु हुँदैन। यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ।’
ओलीविरुद्ध लड्न चुनौतीपूर्ण रहेको संकेत गर्दै त्यसका लागि आफूहरु तयार रहेको पोखरेलको भनाइ थियो।
‘चुनौती त सधैँ आउँछन्। ती सिर्जना भइरहन्छन्, उत्पन्न भइरहन्छन्। तर, चुनौतीको सामना गर्ने सामथ्र्य आर्जन गरेर अगाडि बढ्नुको अर्को कुनै विकल्प छैन, उनले अगाडि भने,
‘चुनौतीहरू आए, अप्ठ्याराहरू आए, अपजसहरू आए, अपगालहरू आए भनेर अलिकति पनि मनोबल कमजोर बनाउनु हुँदैन। यो अहिलेको आवश्यकता हो। यस हिसाबले हामीहरू अगाडि बढ्नुपर्छ।’
उनले जबज कुनै चटक नभएको भन्दै ओलीमाथि कटाक्ष गरे।
रास्ट्रपति पार्टी राजनीतिमा फर्किनु हुन्छ - हुदैन ?
बहालवाला प्रधान न्यायाधीशलाई मन्त्री परिषदको अध्यक्ष बनाएर गरिएको निर्वाचनमा भागलिएर खानेहरुले आफ्नो अनुहार पहिला हेर्ने कि ?
१) Charles De Gaulle -फ्रान्सका
राष्ट्रपति भइसकेका Gaulle सन् १९६४ मा राष्ट्रपति पदबाट राजिनामा दिएपछि उनले नयाँ राजनीति दल बनाएर सांसद् बने ।
सांसद बनेपछि पुन: फ्रान्सकाे राष्ट्रपति बनेका थिए ।
२) Shimon Peres- इजरायलकाे राष्ट्रपति र प्रधानमन्त्री दुबै पद सम्भालिसकेका पेरेस पछि विदेशमन्त्री बनेका थिए । राेचक के भने उनले राष्ट्रपति र प्रधानमन्त्री पदबाट हटेपछि पनि राजनितीमा सक्रिय रहिरहे ।
३) Vledimir Putin - रसियाका
भ्लामिदिर पुटिन २०००-२००८ सम्म ८ बर्ष राष्ट्रपति रहेका पुटिन राष्ट्रपति पदबाट हटेर (२००८-२०१२ ) प्रधानमन्त्री बनेका थिए संवैधानिक तवरले हेर्दा राष्ट्रपति भन्दा तल्लो प्रधानमन्त्री पद सम्भालेकाे देखिन्छ ।
४) Mahathir Bin Mohamad- मलेसियामा १९८१ देखि २००३ सम्म प्रधानमन्त्री रहेका महाथिर ९२ वर्षको उमेरमा पुन: सक्रिय राजनीतिमा फर्किएर र नयाँ राजनीति दल खाेलेर सांसद् हुँदै पुन: प्रधानमन्त्री बनेका थिए २०१८ मा प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि विपक्ष दलकाे नेताको हैसियतमा रहे ।
५) महिन्दा राजापाक्ष - श्रीलंकामा
सन् २००५ देखि २०१५ सम्म श्रीलंकाकाे राष्ट्रपति रहेका राजापाक्ष सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए ।
६ ) मातृका प्रसाद काेइराला -नेपालका प्रधानमन्त्री बनिसकेका मातृकाप्रसाद काेइराला सन् १९६१ मा तत्कालीन राजा महेन्द्रले अमेरिकाकाे लागि नेपालको तर्फबाट स्थायी प्रतिनिधि र राजदुत नियुक्त गरे यसको विरोध भयाे तर मातृकाप्रसाद काेइरालाले २००१ देखि २००४ सम्म काे कार्यकाल बिताएका थिए ।
नेपालको इतिहासमा हाेस् या विश्व इतिहास हेर्दा यस्ता कयौं घटनाक्रम देख्न सकिन्छ ।
एकपटक प्रधानमन्त्री भइसकेको ब्यक्ती पुन; सांसद बन्नु पनि घटुवा हुनु हाे संवैधानिक रुपमा प्रधानमन्त्री भन्दा सांसद तल्लो तहकाे मानिन्छ यसर्थमा नेपालका धेरै नेताहरू माथिल्लो पदबाट हटेपछि तल्लो अर्थात् घटुवा पदमा फर्किएको भन्न सकिन्छ ।
यी यस्ता घटनालाई हेर्दा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी पुन: सक्रिय राजनीतिमा फर्किने कुराकाे विरोध गर्नु अर्थहीन हाे बेतुककाे तर्क हाे विरोधका लागि विरोध गरिदैछ र आलाेचनाकै लागि आलाेचना गरिदैछ ।
प्रधानमन्त्री भइसकेमा पात्र पुन: सांसद् हुदा पदिय गरिमाकाे ओझ नघट्ने,पूर्वउपराष्ट्रपति पार्टी राजनीतिमा सक्रिय हुदा पदिय मर्यादा रहिरहने , काठमाडौंमा अलिसान महल, करोडौं आम्दानी भएका पूर्वराष्ट्रपतिले राज्यबाट घर,गाडी,नाेकरचाकर,बेड बिस्तरा,ओखतीउपचार देखि पानी बिजुली अर्थात् मानव जीवनमा चाहिने सम्पुर्ण सबै राज्यबाट लिदा गजबै पदिय मर्यादा कायम हुने तर काठमाडौंमा मेराे घर छ मलाई घर चाहिदैन भन्ने विद्यादेवि भण्डारी पुन: सक्रिय राजनितीमा फर्किन्छु भन्दा पदिय मर्यादा गुम्ने पदिय मर्यादाकाे अर्थ ब्यक्तिपिछे फरक हुन्छ र ???