瀬戸内国際芸術祭 2025 (Setouchi Triennale 2025)
जापानको सेटो आन्तरिक समुद्रका १७ वटा टापु र बन्दरगाह सहरहरूमा आयोजना हुने Setouchi Triennale 2025 जापानको सबैभन्दा रोमाञ्चक र ठूलो समकालीन कला महोत्सवमध्ये एक हो। तीन वर्षमा एकपटक हुने यो पर्वले कला, संस्कृति, प्रकृति र स्थानीय जीवनशैलीलाई समेटेर अनौठो अनुभव प्रदान गर्छ।
Highlights
Setouchi Triennale महोत्सव संसारकै सबैभन्दा उत्कृष्ट र महत्त्वाकांक्षी समकालीन कला महोत्सवहरूमध्ये एक मानिन्छ। विभिन्न टापुहरूमा फैलिएका १५० भन्दा बढी स्थान-आधारित कलाकृतिहरूले यो महोत्सवलाई विशेष बनाउँछन्। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू, दूरदर्शी आर्किटेक्टहरू र स्थानीय समुदायहरू मिलेर, स्थानको आत्मामा आधारित गहिरो अनुभव दिने कला सिर्जना गरिन्छ।
यो महोत्सव सेतो आन्तरिक समुद्र (Seto Inland Sea) वरिपरि फैलिएको भए तापनि, केही विशेष स्थानहरू उल्लेखनीय छन्:
नाओशिमा: त्रैवार्षिक महोत्सवको मुटु मानिन्छ। यहाँ यायोई कुसामाको ‘रेड पम्पकिन’, बेनेसे हाउस संग्रहालय र चिचु आर्ट म्युजियमजस्ता प्रमुख कला स्थलहरू अवस्थित छन्।
तेशिमा: तेशिमा आर्ट म्युजियमको कारण प्रसिद्ध यो टापुमा मौनता, वास्तुकला र प्रकृति मिलेर ध्यानमय वातावरण सिर्जना गर्छ।
इनुजिमा: पूर्व औद्योगिक क्षेत्र, अहिले एक ‘कला टापु’का रूपमा विकास भएको जसले दिगोपन र रूपान्तरणका विषयहरू समेट्छ।
शोदोशिमा र ओशिमा: यी टापुहरूमा ग्रामीण जीवन, स्थानीय कथा र क्षेत्रीय सम्पदालाई कलाको रूपमा प्रस्तुत गरिएको छ।
सेतोउची त्रैवार्षिक महोत्सवको अर्को खास पक्ष भनेको यो क्षेत्रप्रतिको माया झल्काउने माध्यम हुनु पनि हो। यहाँको सौम्य मौसम र प्रचुर प्राकृतिक स्रोतहरूका कारण, सेतोउची स्थानीय खानपान (Setouchi Cuisine) पनि महोत्सवको विशेष आकर्षण बनेको छ। टापुहरूमा तपाईंले ताजा समुद्री खाना, मौसमी तरकारी, हातले बनाइएका नुडल्स र सिट्रस-आधारित परिकारहरू मज्जाले स्वाद लिन सक्नुहुन्छ। साना-साना क्याफेहरूदेखि स्वयंसेवकहरूद्वारा सञ्चालित रेस्टुरेन्टसम्म, सेतोउचीको खाना आफैंमा एक सिर्जनात्मक यात्राको हिस्सा बन्छ।
Things To Do
Setouchi Triennale को विशेष रमाइलो पक्षमध्ये एक भनेको त्यहाँ पुग्ने यात्रा नै अनुभवको हिस्सा हुनु हो।
त्यहाँ पुग्नको लागि ताकामात्सु शहरलाई आधार स्थान बनाउनुहोस्, जहाँबाट नाओशिमा, तेशिमा, शोदोशिमा, मेगिजिमा र ओगिजिमा जस्ता प्रमुख टापुहरूतर्फ नियमित फेरी सेवा उपलब्ध छन्। गन्तव्यअनुसार एक-तर्फी फेरी भाडा सामान्यतः ¥300 देखि ¥1,500 सम्म पर्छ।
ओकायामा प्रदेशतर्फको उनो पोर्टबाट पनि नाओशिमा, इनुजिमा लगायतका टापुहरू सजिलै पुग्न सकिन्छ।
फेरीको समय तालिका मौसम अनुसार फरक हुने भएकाले अघिनै जाँच गर्नु आवश्यक हुन्छ, विशेष गरी ओबोन जस्तो भीड हुने समयको लागि।
हरेक टापुले केही फरक अनुभव दिन्छ:
शोदोशिमा आफ्नो ओलिभ रूखहरू, प्रेमिल एन्जेल रोड र रमणीय नाकायामा धानबारीहरूका लागि प्रसिद्ध छ।
मेगिजिमामा रहस्यमय समुद्री गुफाहरू र ममोतारो लोककथासँग सम्बन्धित कथा पाइन्छ।
ओशिमा र इनुजिमाले भने शान्त गाउँहरू र वातावरणमैत्री कलाकृति हेर्दै बिस्तारै घुम्ने अनुभव दिन्छन्।
यदि तपाईं ग्यालरीहरूमा मात्र व्यस्त हुनुहुन्न भने, ताकामात्सु शहरका अन्य रमाइला स्थान पनि घुम्न सक्नुहुन्छ।
त्यहाँको ऐतिहासिक रित्सुरिन गार्डेन घुम्नुहोस्, वा ताकामात्सु किल्लाको भग्नावशेष अन्वेषण गर्नुहोस्।
गर्मी महिनामा चाहिँ चिचिबुगाहामा जस्ता नजिकका समुद्र किनारमा गएर आराम गर्न सकिन्छ।
How To Get There
Takamatsu Station (Kagawa Prefecture) चाहि Ferry र JR Train मार्फत Setouchi Triennale महोत्सवमा पुग्ने मुख्य प्रवेशद्वार हो।
Uno Station (Okayama Prefecture) अर्काे लोकप्रिय लोकेशन हो, विशेष गरी Osaka वा Kyoto बाट आउने आगन्तुकहरूका लागि।